Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दाङ्ग

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दाङ्ग

बिहीबार, असार ३२, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

हाम्रो बारेमा

           दाङ जिल्ला नेपालको राजधानी काठमाडौँ देखि सडकमार्गबाट करिव ४२५ कि.मि. पश्चिम दक्षिणमा अवस्थित छ । तथापी दाङ र काठमाडौँको हवाई दुरी भने करिव २८० कि.मि. पश्चिम दक्षिण मात्र रहेको छ । लुम्बिनी प्रदेश मा पर्ने यो जिल्लाका केही स्थानलाई छोडी अधिकतम भू-भाग उर्वर भएकोले यसले पर्याप्त आर्थिक सम्भावना बोकेको छ भने ऐतिहासिक तथा सांस्कृतिक दृष्टिकोणले पनि यस जिल्ला छुट्टै पहिचान र महत्व बोकेको जिल्ला हो । 

       नेपाल मानचित्रमा ८२० २' देखि ८५0 ५४' सम्म पूर्वी देशान्तर र २७० ३६ देखि २८० २९ सम्म उत्तरी अक्षांशबीच फैलिएर रहेको यस जिल्लाको क्षेत्रफल २९५५ वर्ग कि.मि. छ । यस जिल्लाको लक्षिणी सीमानामा भारतको उत्तर प्रदेशको बलारामपुर र श्रावस्ती गरी दुई वटा जिल्ला पर्दछ भने पश्चिममा सल्यान र बाँके जिल्ला पर्दछ ।त्यसैगरी उत्तरमा सल्यान, प्यूठान र रोल्ला जिल्ला पर्दछन् । त्यस्तै पूर्वी सीमानामा प्यूठान र अर्घाखाँची तथा कपिलवस्तु जिल्ला पर्दछन् । भौगोलिक रुपमा यस जिल्लामा भित्री मधेशका समथर फाँटहरु, यी फाँटहरुलाई चारैतिर बाट घेर्ने साना तथा मध्यम पहाडहरु समेतबाट निर्मित दुई उपत्यका रहेका छन् । माथिल्लो उपत्यका दाङ र तल्लो उपत्यका देउखुरीको नामबाट परिचित छन् । दाङ उपत्यका नेपालकै ठुलो उपत्यकाकै रुपमा मात्र परिचित नभई एसियाकै ठुला उपत्यकाहरु मध्ये एक मानिन्छ । जिल्लाको घोराही उप-महानगरपालिकाको सैघा र बंगलाचुली गाउँपालिकाको स्यूजा, काभ्रे, लोहारपानी, हाँसीपुर स्थानहरु पहाडी क्षेत्रमा पर्ने र विकट मानिन्छन् । पहाडी धरातल (महाभारत तथा चुरे) समेत रहेका छन् । दाङ उपत्यका महाभारत र चुरे पहाडको बीचमा अवस्थित छ भने देउखुरी उपत्यका चुरे पहाड र डडुवा डाँडाका श्रृंखला बीचमा रेहेको छ ।

       यस जिल्लाको दक्षिण/पूर्वी भेकमा पर्ने राप्ती गाउँपालिकाको सिसहनीया भानपुर जिल्लाकै सबैभन्दा न्यूनतम उचाई विन्दु (समुन्द्र सतहबाट 213 मिटर) रहेको क्षेत्र मानिएको छ भने जिल्लाको पूर्वी सीमानामा पर्ने दुर्गम पहाडी  बंगलाचुलीको हाँसीपुरको अर्खले अधिकतम उच्च विन्दु (समुन्द्र सतह 2058 मिटर) रहेको मानिएको छ । जिल्लाको औसत लम्बाई (पूर्व-पश्चिम ९० कि.मि.) र औसत चौडाई (उत्तर-दक्षिण ७२ कि.मि.) रहेको छ ।

       राप्ती र बबई यस जिल्ला भई बग्ने ठुला नदीको रुपमा परिचित छन् । राप्ती दाङ जिल्लाको दक्षिणी उपत्यका देउखुरीको पूर्वबाट पश्चिम भएर बगेको छ भने बबई दाङ उपत्यकाको दक्षिणमा रही पूर्वबाट पश्चिमतर्फ बगेको छ । यी नदीहरु बाहेक यस जिल्ला भएर बग्ने खोलानालाहरुमा सिस्ने खोला, कटुवा खोला, सेवार खोला, पत्रे खोला, संक्राम खोला, ग्वार खोला, पातु खोला, अर्जुन खोला, गहते खोला, भमके खोला, बागर खोला, बहुला खोला, च्याटी खोला, ट्वाङ खोला आदि प्रमुख हुन् । त्यसैगरी जिल्लाका प्रमुख ताल, तलाउ तथा दहहरुमा बाह्रकुने दह, सप्तकुण्ड, जखेरा ताल, चरिङ्गे दह, भोटै दह, किचेनी तह, ज्यामिरे दह पर्दछन् भने पुरन्धारा छहरा र सुन छहरा यस जिल्लाका प्रमुख झरनाहरु हुन् ।

       नेपालको मानचित्रमा दाङ भारतसँग जोडिएता पनि यहाँ अन्य तराईको दाँजोमा गर्मीको महशुस कम हुन्छ । जिल्लाको दक्षिणमा पर्ने देउखुरी तथा सो भन्दा दक्षिणी क्षेत्रमा उष्ण प्रकारको जलवायु छ भने उत्तरी क्षेत्रमा उपोष्ण प्रकारको जलवायु, उत्तरी पहाडी क्षेत्रको शितोष्ण प्रकारको जलवायु रहेको छ । यहाँको वायुमण्डलको सापेक्षिक आद्रता कम भएका कारण हावा सुख्खा महसुस हुन्छ । जिल्लाको कुल क्षेत्रफलको करिव २/३ क्षेत्रफल (१९२९.५५ बर्ग कि.मि.) वन जंगलले ढाकेको छ भने कृषि क्षेत्र ६९९.५ बर्ग कि.मि., अनुत्पादित क्षेत्र २०४.४५ बर्ग कि.मि. र चरीचरण क्षेत्र  १२९.५ बर्ग कि.मि. रहेको छ ।यहाँ कोइला र चुनढुङ्गाको साथै तामा, मट्टीतेल लगायतका खनिज पदार्थको प्रचुर सम्भावना रहेको मानिन्छ । जिल्लाको महाभारत तथा दाङ उपत्यकामा चिम्ट्याइलो माटो, चुरे क्षेत्रमा बलौटे दुमट माटो र देउखुरी उपत्यकामा दुमट माटो पाइन्छ । यहाँका खोलानालाहरुमा प्रशस्त मात्रामा वालुवा, ढुङ्गा तथा यी दुबैको मिस्कट पाइन्छ । जिल्लामा थारु, क्षेत्री, ब्राह्मण, नेवार, मुसलमान, मगर र दलित समुदायको मिश्रित बसोबास रहेको र यो जिल्लाको जनसंख्या २०७८ को जनगणना अनुसार महिला ३५४४२० र पुरुष ३२०५७३ गरी कुल जम्मा ६७४९९३ रहेको छ । यस जिल्लामा ४२३ सामुदायिक र २२३ संस्थागत सहित जम्मा ६४६ विद्यालयमा १४३४९५ जना विद्यार्थी अध्ययनरत छन् भने सरकारी शिक्षक २४६१ रहेको छ तथा १५-६० उमेर समूहकाको साक्षरता प्रतिशत ९६.८०%  रहेको छ ।



पछिल्लो अपडेट गरिएको : 2083-03-03 15:04:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दाङ्ग