2075-10-22
2075-10-22
जिल्ला प्रशासन कार्यालय दाङको आयोजना र राजपुर गाउँपालिकाको समन्वयमा मिति २०७५ माघ २० गते राजपुर गाउँपालिका वडा नं. ६ गंगदीमा संचालित घुम्ति शिविरमा ३० जना महिला र ३६ जना पुरुष गरी जम्मा ६६ जना सेवाग्राहीलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको र माघ २१ गते सोही गाउँपालिकाको वडा नं. ३ प्रतापपुरमा ५६ जना महिला र २३ जना पुरुष गरी ७९ जना सेवाग्राहीलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको ।
यसका साथै गाउँपालिकाबाट जन्मदर्ता, विवाहदर्ता, मृत्यूदर्ता, बसाइसराई, नाता प्रमाणित लगायतका सेवाहरु निःशुल्क रुपमा प्रदान गरिनुका साथै प्रमुख जिल्ला अधिकारी श्री गोविन्द प्रसाद रिजालको उपस्थितिमा गाउँपालिकाको विकास निर्माण कार्य, सेवा प्रवाहको अवस्था, शान्ति सुरक्षाको अवस्था र नागरिकहरुको गुनासाहरु समेतका विविध विषयमा सरोकारवालाहरुसँग छलफल तथा नागरिक सुनुवाई समेत भएको ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दाङ्ग
Powered By: ProActive Developers